जोडिनुहोस
  • होमपेज
  • फन पार्कको जग्गा भाडामा अनियमितता : दुई पूर्वमन्त्रीसहित ९ जना दोषी ठहर

फन पार्कको जग्गा भाडामा अनियमितता : दुई पूर्वमन्त्रीसहित ९ जना दोषी ठहर

काठमाडौँ – विशेष अदालतले काठमाण्डौ फन पार्कको जग्गा भाडामा लगाउँदा अनियमितता गरेको भन्दै पूर्वमन्त्रीसहित नौ जनालाई दोषी ठहर गरेको छ ।

समाज कल्याण परिषद्को भृकुटीमण्डपमा रहेको जग्गा भाडामा लगाउँदा ३१ करोड रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले पूर्व महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बद्री न्यौपाने र पूर्वश्रम राज्य मन्त्री टेकबहादुर गुरुङसहित नौजनालाई दोषी ठहर गरेको हो ।

जग्गा भाडामा लिने गुरुङ कांग्रेस नेता हुन् । गएको मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा मनाङबाट निर्वाचित भएका उनको सांसद पद निलम्बित थियो । अदालतले तत्कालीन समाज कल्याण परिषद्का उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जविहारीलाल चौधरी, सदस्यसचिव रवीन्द्रकुमार यादव, सदस्यहरु मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, हरि न्यौपाने र फनपार्कका मुख्य सञ्चालक रवीन्द्र गुरुङलाई पनि दोषी ठहर गरेको छ ।

विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले पूर्वमन्त्रीद्वयसहित नौजना भ्रष्टाचारको कसुरमा दोषी देखिएका जानकारी दिनुभयो । उनीहरुमाथि सजाय निर्धारणका लागि आउँदो २५ गते पेसी तोकिएको पनि प्रवक्ता योगीले बताए । जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत क्रियाकलाप गरेर सरकारलाई हानि–नोक्सानी पुर्‍याएको उजुरी परेपछि अख्तियारले अनुसन्धान गरी २०७५ साल माघ २१ गते १४ जनाविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो । १४ मध्ये पाँचले भने सफाइ पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका