जोडिनुहोस
  • होमपेज
  • यो वर्षको प्रि–मनसुनमा सरदरभन्दा कम वर्षा हुने

यो वर्षको प्रि–मनसुनमा सरदरभन्दा कम वर्षा हुने

काठमाडौं— यो वर्षको प्रि–मनसुनमा पनि सरदरभन्दा कम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले यो प्रि–मनसुन अवधीमा पनि सरदरभन्दा कम वर्षा हुने आंकलन गरिएको जनाएको छ ।

सरदर वर्षा भन्नाले कुनै केन्द्रमा मापन गरिएको तीस वर्षको औसत वर्षालाई जनाउने विभागको भनाइ छ ।

विभागले लामो समय खडेरी हुँदा वन डढेलो, पानीको मुहान सुक्ने, वायु प्रदूषण बढ्नेजस्ता विपद्का घटना घट्न सक्ने भएकाले सचेत रहन पनि आग्रह गरेको छ ।

यो वर्षको हिउँदयाममा पनि औसतभन्दा कम वर्षा भयो । विभागले यसलाई खडेरी भनेको छ । सरदर वर्षाको ७५ प्रतिशतभन्दा कम भएमा खडेरीको अवस्था हुन्छ । यो वर्ष जम्मा सरदर वर्षाको २१।५ प्रतिशत मात्र भएको विभागले जनाएको छ ।

यो वर्ष हिउँदमा १४ वर्षयताकै कम वर्षा भएको विभागले जनाएको छ

यसैबीच, हिउँदयाम सकिएसँगै देशभर प्रि–मनसुन सुरु भएको छ । मार्च १ बाट सुरु भएको प्रि–मनसुन तीन महिनासम्म रहन्छ । प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मेसम्म रहन्छ र त्यसपछि मनसुन सुरु हुन्छ ।

प्रि–मनसुनको समयमा दिउँसो मेघगर्जनरचट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना उच्च रहने विभागले जनाएको छ । यो मौसमी प्रणालीमा स्थानीय वायुको प्रभाव धेरै हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका