जोडिनुहोस
  • होमपेज
  • भारतबाट ग्यासबाहेक अरु इन्धनको मूल्य घटेर आए पनि भाउ यथावत्

भारतबाट ग्यासबाहेक अरु इन्धनको मूल्य घटेर आए पनि भाउ यथावत्

काठमाण्डौ – नेपाल आयल निगमले भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी)ले ग्यासबाहेक अरु इन्धनको मूल्य घटाएर पठाएको भएपनि मूल्य तत्काल नघटाउने भएको छ ।

पछिल्लो सूची अनुसार खाना पकाउने ग्यासबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आएको छ । तर उपभोक्ता मूल्य अहिलेलाई यथावत राख्ने निर्णय भएको निगमले जनाएको छ ।

हिजो प्राप्त इन्धनको नयाँ सूची अनुसार डिजलको भाउ ५ रुपैयाँ ५ पैसाले घटेको छ । यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा, मट्टीतेल ३ रुपैयाँ ४० पैसा र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसाले घटेर आएको छ । खाना पकाउने ग्यासको लागत प्रति सिलिण्डर ३ सय ३९ रुपैयाँले बढेको छ ।

पछिल्लो मूल्यपछि निगमलाई १५ दिनमा ४४ करोड रुपैयाँ नाफा हुनेछ । ऋण र बक्यौता गरेर साढे १५ अर्ब रुपैयाँ दायित्व बाँकी नै रहेको निगमको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका