जोडिनुहोस
  • होमपेज
  • कैलालीमा बैंककाे ब्याजदर विरूद्ध व्यवसायीको आन्दोलन जारी

कैलालीमा बैंककाे ब्याजदर विरूद्ध व्यवसायीको आन्दोलन जारी

कैलाली— बैंकहरूले लिइरहेको चर्को ब्याजदरविरुद्ध सुदूरपश्चिमका उद्योगी व्यवसायीहरू आन्दोलित भएका छन् ।

यहि फागुन १५ गतेदेखि बिहान ११ बजे सम्म बजार बन्द गरेर सरकारलाई दवाव दिइरहेका सुदूरपश्चिमका उद्योगी व्यवसायीहरूले बिहीबार बैंकहरूमा कारोबार नगर्ने भएका हुन् ।

बिहीबार बिहान ९ बजेदेखि धनगढीको चटकपुरबाट चौराहा हुँदै पार्क मोडमा पनि विरोध र्याली निकाल्ने कैलाली उद्योग वाणिज्य संघले तयारी गरेको छ । पार्क मोडमा कोणसभा गर्ने र सबै बैंकहरूमा दवाव मूलक धर्ना दिने कार्यक्रम रहेको संघले जनाएको छ ।

कैलालीमा भइरहेको यस्तै आन्दोलन सुदूरपश्चिम प्रदेशका सबै जिल्ला तथा नगरहरूमा समेत भइरहेको छ। उनीहरूले सरकारले ब्याजदर नघटाउँदासम्म आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूसँगको समन्वयपछि आन्दोलनका कार्यक्रम तय गरिएको थियो । सोही अनुसार सबै जिल्ला र नगरमा आन्दोलन भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका