जोडिनुहोस
  • होमपेज
  • टी-ट्वान्टी अन्तराष्ट्रियमा सन्दीपको वरीयता यथावत

टी-ट्वान्टी अन्तराष्ट्रियमा सन्दीपको वरीयता यथावत

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेको आईसीसी टी-ट्वान्टी अन्तराष्ट्रियको बलिङ वरीयतामा यथावत रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा लामिछाने ७० औं स्थानमा कायम रहेका छन्।

बलिङ तर्फ नै अभिनास बोहोराको नयाँ वरीयतामा बोहोरा १ सयौं स्थानमा यथावत रहेका छन् । ब्याटिङ तर्फ भने ब्याटर कुशल भुर्तेल नयाँ वरीयतामा कुशल ५३ औं स्थानमा यथावत रहेका छन्।

अर्का ब्याटर दीपेन्द्र सिंह ऐरी ५९ औं स्थानमा यथावत रहेका छन् । अलराउण्डर तर्फ दीपेन्द्र सिंह ऐरी १४ औं स्थानमा यथावत रहेका छन् ।

ब्याटिङतर्फ भारतका सुर्य कुमार यादव शीर्ष स्थानमा रहेका छन् । बलिङमा भने श्रीलंकाका वानिन्दु हशरंगा शीर्ष स्थानमा रहेका छन् ।

टी-ट्वान्टी वरीयतामा नेपाल १६ औं स्थानमा यथावत रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका