जोडिनुहोस

देश

दीपक पहिलो बलमा नै आउट

  • Sagarmatha TV
  • बिहिबार, फाल्गुन १८, २०७९
दीपक पहिलो बलमा नै आउट

काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले यूएईविरुद्धको खेलमा नेपालका ओपनर दीपक बोहोरा ईनिङको पहिलो बलमा नै आउट भएका छन् ।

ईनिङको पहिलो बलमा नै बोहोरा हरिस शेठ्ठीको बलमा आउट भएका हुन् । अजमानको इडन ग्रार्डेन ओभलमा टस जितेर नेपालले ब्याटिङको निर्णय लिएको हो ।

समान अंक रहे पनि यूएई नेटरनरेटको कारण शीर्ष र नेपाल दोस्रो स्थानमा छ । नेपाल र युएईबीचको खेलको विजेता टोली प्रतियोगिताको च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ ।

नेपाल २०१६ पछि यू-१९ विश्वकप खेल्ने सोचमा हुनेछ । यूएईसँग नेपाल २०१९ मा भोगेको एक रनको हारको बदला लिँदै विश्वकपमा पुग्न चाहन्छ ।

मलेसियाको किनारारा ओभल क्रिकेट एकेडेमीमा नेपाल २०१९ अप्रिल १३ मा युएईसँग डीएल मेथडका आधारमा एक रनले पराजित भएको थियो ।

नेपालको प्लेईङ-११
आकाश त्रिपाटी, आकाश चन्द, अर्जुन कुमाल, विशालविक्रम केसी, दीपक बोहरा, देव खनाल, दीपेश कँडेल, हेमन्त धामी, मिलन बोहरा, सुवास भण्डारी, उत्तम थापामगर

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका