जोडिनुहोस
  • होमपेज
  • भारतमा जी२० का विदेशमन्त्रीहरूको बैठक सुरु

भारतमा जी२० का विदेशमन्त्रीहरूको बैठक सुरु

नयाँ दिल्ली । जी२० देशका विदेशमन्त्रीहरूको बैठक भारतमा सुरु भएको छ । बैठकलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबै विदेशमन्त्रीहरूलाई स्वागत गरेका थिए । उनले भने, ‘यो बैठकले एकताको सन्देश दिन्छ । मलाई आशा छ, आजको बैठकले हाम्रो उद्देश्य प्राप्त गर्न एकताबद्ध हुनका लागि भावना दर्शाउँछ ।’

त्यस्तै, भारतीय विदेशमन्त्री जयशंकरले जी२० देशहरूको काँधमा असाधारण जिम्मेवारी रहेको जिकिर गरे । ‘हामी वैश्विक संकटबीच पहिलोपटक एक साथ आएका थियौँ र आज फेरि कयौँ संकटको बीच बैठक गरिरहेका छौँ, जस्तै – कोरोना महामारी, रुस युक्रेन युद्ध, जलवायु परिवर्तन । यी मुद्दामा हामी एकमत नहुन सक्छौँ, तर यसको हल हामी सबै मिलेर निकाल्नुपर्छ ।’

करिब पाँच महिनापछि रुस र अमेरिकाबाहेक चीनका विदेशमन्त्रीहरू एकै मञ्चमा उपस्थित रहेका छन् । सेसन बुधबार नै सुरु भए पनि आज विभिन्न मुद्दामा छलफल हुनेछ । मिटिङभन्दा एक दिन अघि भारतीय विदेश सचिव विनय क्वात्राले प्रधानमन्त्री मोदीले रुसका राष्ट्रपति भ्लादीमीर पुटिनलाई भनेको कुरा दोहोर्‍याएका थिए, ‘यो समय युद्ध होइन, छलफलको हो ।’

बैठकका दौरान भारतीय विदेशमन्त्री जयशंकरले रुस–युक्रेन युद्ध रोक्नका लागि सम्बन्धित पक्षसँग कुराकानी गर्ने अपेक्षा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका