जोडिनुहोस

देश

आसिफको वरीयतामा सुधार

  • Sagarmatha TV
  • बिहिबार, फाल्गुन १८, २०७९
आसिफको वरीयतामा सुधार

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर ब्याटर आसिफ शेखको एकदिवसीय अन्तराष्ट्रियको ब्याटिङ वरीयतामा सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा आसिफ ११ स्थान माथी उक्लिएर ८७ औं स्थानमा रहेका छन् ।

ब्याटिङ तर्फ नै कप्तान रोहित कुमार पौडेल ५४ औं स्थानमा कायमै रहँदा पुर्व कप्तान ज्ञानेन्द्र मल्ल २ स्थान खस्कदै ८८ औं स्थानमा रहेका छन् ।

बलिङ तर्फ भने सोमपाल कामीले ९ स्थान सुधार गर्दै ७५ औं स्थानमा रहँदा दीपेन्द्र सिंह ऐरी ७ स्थान सुधार गर्दै ९० औं स्थानमा रहेका छन् ।

करण केसी १ स्थान सुधार गरेर ९८ औं स्थानमा रहँदा पुर्व कप्तान सन्दीप लामिछानेले २९ औं स्थानमा रहेका छन् । ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहेका छन् ।

बलिङतर्फ भने भारतका तीव्र गतिका बलर मोहम्मद सिराज शीर्ष स्थानमा रहेका छन् । एकदिवसीय वरीयतामा नेपाल १९ औं स्थानमा यथावत रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका