जोडिनुहोस
  • होमपेज
  • नेप्सेमा २६ अंकको गिरावट, १ अर्ब ३३ करोडको कारोबार

नेप्सेमा २६ अंकको गिरावट, १ अर्ब ३३ करोडको कारोबार

काठमाडौँ । लगातार ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्सेमा बिहीबार थप २६ अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २६.४८ ले घट्दै १९ सय ६९.०१ अंकको विन्दुमा झरेको हो ।

यस्तै सेन्सेटिभ इन्डेक्स समेत आज ४.८१ अंकले घट्दै ३७३.५६ अंकमा झरेको छ ।

उसो कारोबार रकम समेत घटेर आज १ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ बराबरको ३६ लाख ५७ हजार १५४ कित्ता सेयर कारोबार भएको छ ।

साताको अन्तिम कारोबार दिन समेत रहेको आज १३ वटा उपसूचक नै ऋणात्मक हुँदै बजार राताम्मे हुन पुगेको छ । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ४.२९ प्रतिशतले वृद्धि भएको छ भने ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ७ प्रतिशतले गिरावट आएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका