जोडिनुहोस
  • होमपेज
  • नेपाल यूएईसँग ६८ रनले पराजित

देश

नेपाल यूएईसँग ६८ रनले पराजित

  • Sagarmatha TV
  • बिहिबार, फाल्गुन १८, २०७९
नेपाल यूएईसँग ६८ रनले पराजित

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत यूएईमा जारी त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली यूएईसँग ६८ रनको हार ब्यहोरेको छ।

२ सय ८ रनको लक्ष्य पाएको नेपालले कमजोर ब्याटिङ गर्‍यो। नेपालले ३१.५ ओभरमा १ सय ३९ रन जोड्दा सबै विकेट गुमाएको हो। नेपालका शीर्ष ६ मध्ये तीन ब्याट्सम्यानले खाता खोल्न सकेनन्। कप्तान रोहित पौडेल, ज्ञानेन्द्र मल्ल र आरिफ शेख शुन्यमा आउट भएका हुन्।

कुशल मल्लले सर्वाधिक ६० रन जोडे। विकेटकिपर आसिफ शेखले १७ रन बनाए। कुशल भुर्तेलले ५, दीपेन्द्रसिंह ऐरीले ७ तथा गुल्सन झा र सोमपाल कामीले ४र४ रन जोडे। सन्दीप लामिछाने २६ रनमा अविजित रहे।

नेपालले १७ रन जोड्दा ३ विकेट गुमाएको थियो। त्यसपछि आसिफ शेख र कुशल मल्लले चौथो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए। नेपालले ८.५ ओभरमा ५४ रन जोड्दा चौथो विकेटका रुपमा आसिफलाई गुमाएको थियो।

नेपालले थप १० रन जोडेपछि आरिफ आउट भएका थिए। त्यसपछि दीपेन्द्रसिंह ऐरी र कुशल मल्लबीच साझेदारीको प्रयाश भएपनि लामो समय उनिहरु टिक्न सकेनन्। २८ रनको साझेदारी गरेका यी दुई ब्याट्सम्यान ६ रनको अन्तरमा आउट भएका थिए।

बलिङतर्फ यूएईका स्पीनरद्धय रोहन मुस्ताफा र कार्थिक मैयाप्पनले तीन तीन विकेट लिए। जुनैद सिद्धिकीको नाममा दुई विकेट रह्यो।

नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार पाँच जितपछि पहिलो हार ब्यहोरेको हो। विश्वकप लिग-२ को अंक तालिकामा नेपाल ३० खेलबाट २८ अंकसहित छैटौँ स्थानमा छ। पाचौँ स्थानमा रहेको यूएईको ३० खेलबाट ३१ अंक छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका