जोडिनुहोस
  • होमपेज
  • आज वर्षा र हिमपातको सम्भावना

देश

आज वर्षा र हिमपातको सम्भावना

  • Sagarmatha TV
  • शुक्रबार, फाल्गुन १९, २०७९
आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं– देशका केही भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभगका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

विभागले आज दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसमसफा रहनेछ । कोसी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।
हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको विभागको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?