जोडिनुहोस
  • होमपेज
  • नौ हजार घुससहित मालपोतका सुब्बा पक्राउ

नौ हजार घुससहित मालपोतका सुब्बा पक्राउ

महोत्तरी— महोत्तरीको मालपोत कार्यालय जलेश्वरको मुद्दा फाँटमा कार्यरत नायब सुब्बा र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ परेका छन् । नायव सुब्बा रामकृष्ण पण्डित र मालपोतछेउमै सञ्चालित सुभाष भूसेवा केन्द्रका सञ्चालक लेखापढी व्यवसायी सुभाषचन्द्रलाल कर्ण नौ हजार घुस रकमसहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिबासका डिएसपी सुभाष राईको टोलीले बिहीबार अपराह्न उनीहरूलाई पक्राउ गरेको हो । मालपोतका सुब्बा पण्डितले सेवाग्राहीसँग रकम लिएर लेखापढी व्यवसायी कर्णको फार्ममा आएर सो रकम राख्न दिएको बेला उनीहरूलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

घुस रकमसहित पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि बर्दिवास कार्यालय लगिएको अख्तियारले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका