जोडिनुहोस
  • होमपेज
  • तोरखाम गेट बन्द गरेपछि पाकिस्तान–अफगानिस्तान सिमानाकाको डुरान्ड लाइनमा झडप

तोरखाम गेट बन्द गरेपछि पाकिस्तान–अफगानिस्तान सिमानाकाको डुरान्ड लाइनमा झडप

काबुल—तालिबानले मुख्य व्यापार र सीमा नाका तोरखाम गेट बन्द गरेपछि अफगानिस्तानको इस्लामिक इमिरेट्स सेना र पाकिस्तानको सीमा गार्डबीच झडप भएको छ । सिमानाकामा झडप भएको टोलो न्यूजले लेखेको छ । । उक्त गेट बन्द हुँदा स्वास्थ्य उपचारको लागि जाने कैयौं व्यक्ति र आफन्तजनलाई समस्या परेको छ ।

उनीहरुले गेट खोल्ने विषयमा सहमति गर्न दुवै पक्षलाई आग्रह गरेका छन् । अफगानस्तानका विरामीहरूलाई अनुमति दिन पाकिस्तानलाई दबाब दिनु पर्ने र पाकिस्तानले हामीलाई राम्रोसँग व्यवहार नगरेको एक बिरामी नजिबुल्लाहले भने।

अफगानिस्तान र पाकिस्तान बीच भएको सम्झौता अनुसार दैनिक १०० देखि १५० जना व्यक्तिलाई आवत–जावत गर्न दिनुपर्ने अर्का विरामी अब्दुल मालिक समसोरले बताए । अफगानिस्तान चेम्बर अफ कमर्स एन्ड इन्भेष्टमेन्टले गेट बन्द हुँदा देशलाई असर गर्ने बताएको छ । टोलोन्युजका अनुसार पाकिस्तानले अफगान बिरामीहरूलाई प्रवेशद्वार पार गर्न अस्वीकार गरेपछि तालिबानले ढोका बन्द गरेको थियो। तोरखामका तालिबान आयुक्त मौलवी मोहम्मद सिद्दिकीले ूपाकिस्तानले आफ्ना प्रतिबद्धताहरू पालना नगरेकोले गेटवे बन्द गरिएको ट्वीटमा लेखेका छन् । ।

उनले अफगानिस्तानका जनतालाई पूर्वी नान्गाहार प्रान्तको सीमानाकामा यात्रा नगर्न सल्लाह दिए। (एएनआई)

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका