जोडिनुहोस
  • होमपेज
  • रुस—युक्रेन विषयमा मतभेदका कारण संयुक्त विज्ञप्ति जारी हुन सकेनः भारतीय विदेशमन्त्री जयशंकर

रुस—युक्रेन विषयमा मतभेदका कारण संयुक्त विज्ञप्ति जारी हुन सकेनः भारतीय विदेशमन्त्री जयशंकर

नयाँ दिल्लीः जी–२० मा सहभागी सदस्य राष्ट्रका प्रतिनिधि बीच रुस– युक्रेनको विषयमा मतभेदका कारण संयुक्त धारणा बन्न नसकेको भारतीय विदेश मन्त्री विदेश मन्त्री एस जयशंकर बैठक पछि सञ्चारकर्मीलाई बताए ।
उनले सहभागी प्रतिनिधिहरु युक्रेन–रुस द्वन्द्वका विषयमा चिन्तित भएका बताए ।

आज जी–२० को परराष्ट्रमन्त्रीहरुको बैठकमा खाद्य र ऊर्जा सुरक्षा र विकास सहयोग विषयमा बहुआयामिक छलफल भएको बताएका थिए । जी–२० बैठक भारतको अध्यक्षतामा भईरहेको छ । जी–२० बैठक सुरु हुनुअघि आज बिहान आफ्नो भिडियो सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीले रसिया—युक्रेन युद्धबाहेक अरु एजेण्डामा पनि छलफल हुने बताएका थिए ।

यो सम्मेलनमा ४० देशका प्रतिनिधिमण्डल सहभागि भएका थिए । यस सम्मेलनमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, युरोपेली संघ, फ्रान्स, जर्मनी, इन्डोनेसिया, इटाली, जापान, मेक्सिको, दक्षिण कोरिया, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, बेलायत, अमेरिका सहित सबै जी–२० सदस्य राष्ट्र सहभागि भएका छन् । यस्तै, परराष्ट्रमन्त्री स्तरमा सहभागी हुने ९ अतिथि राष्ट्रमा बंगलादेश, इजिप्ट, मौरिसस, नेदरल्यान्ड्स, नाइजेरिया, ओमान, सिंगापुर, स्पेन र युएई रहेका छन् ।

भारतको अध्यक्षतामा भएको यो दोस्रो मन्त्रीस्तरीय बैठक हो । अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नरहरूको पहिलो मन्त्रिस्तरीय बैठक बेंगलुरुमा भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका