जोडिनुहोस
  • होमपेज
  • तोलामा १०० रुपैयाँ घट्यो सुनको मूल्य

तोलामा १०० रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो बिहीबारको तुलनामा १०० रुपैयाँले घटेर कारोबार सुरु भएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख २ हजार रुपैयाँ कायम छ । हिजो बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार १०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । हिजो बिहीबार तोलामा १ हजार २७० थियो । यसमा ५ रुपैयाँको गिरावट आएसँगै तोलामा १ हजार २६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका