जोडिनुहोस
  • होमपेज
  • कोपा डेल रेको पहिलो लेगमा बार्साले रियललाई हरायो

कोपा डेल रेको पहिलो लेगमा बार्साले रियललाई हरायो

काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको छ । बिहीबार राति भएको पहिल लेगमा बार्सिलोनाले रियल मड्रिडलाई १-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा रियलका इडर मिलिटाओले आत्मघाती गोल गरेपछि बार्सिलोना विजयी भएको हो । मिलिटाओले खेलको २६ औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।

अब दुई टोलीबीचको दोस्रो लेग अप्रिल ५ मा हुनेछ । दोस्रो लेग बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका