जोडिनुहोस
  • होमपेज
  • ए डिभिजन लिग : उद्घाटन खेलमा विद्यार्थीहरूलाई निःशुल्क प्रवेश

ए डिभिजन लिग : उद्घाटन खेलमा विद्यार्थीहरूलाई निःशुल्क प्रवेश

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घको आयोजनामा हुने सहिद स्मारक ए डिभिजन लिगको आज हुने उद्घाटन खेल खुमालटार एफसी र फ्रेन्ड्स क्लबले खेल्दै छन्। खेल बेलुकी ५ः३० त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा सुरु हुने छ।

उद्घाटन समारोहको प्रमुख अतिथि काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र साह रहने छन् । उद्घाटन खेलमा एमडीएसी स्पोर्ट्स र टिकेटिङ्ग पार्टनर ईएसेवाले सहकार्य गर्दै विद्यार्थीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

हरेक स्कुल र कलेजका विद्यार्थीहरूले परिचयपत्र देखाएर साधारण प्यारापिट तर्फ निःशुल्क प्रवेश गर्न सक्ने एमडीएसी स्पोर्ट्सका प्रमुख कार्यकारी अधिकृत अर्जुन घिमिरेले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका