जोडिनुहोस
  • होमपेज
  • भारतलाई हराउँदै अष्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा

भारतलाई हराउँदै अष्ट्रेलिया विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा

भारत । अष्ट्रेलिया आईसीसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा पुगेको छ । तेस्रो टेस्ट खेलमा भारतलाई ९ विकेटले हराउँदै अष्ट्रेलियाले फाइनलमा स्थान बनाएको हो ।

घरेलु टोलीले जितको लागि दिएको ७६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १८ ओभर ५ बलमा एक विकेट गुमाएर पूरा गर्यो ।

अष्ट्रेलियाका लागि ट्रर्विस हेड ४६ रनको अविजित पारी खेले त्यस्तै मार्नस लाबुसेन २८ रनमा अविजित रहँदा उस्मान खवाजाले रन जोड्न सकेनन् ।

भारत दोस्रो इनिङ्समा १६३ रन बनाएर अल आउट भएको थियो । भारत पहिलो इनिङमा ८८ रनले पछि परेको थियो । अष्ट्रेलिया पहिलो इनिङमा १९७ रनमा अल आउट भएको थियो । यसअघि इन्डोरमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत १०९ रनमा अल आउट भएको थियो ।

अष्ट्रेलिया १८ खेलमा जित १२ र ३ मा हारसहित ६८.५२ जित प्रतिशतका साथ शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । भारत १७ खेलमा १० मा जित र ५ मा हारसहित ६०.२९ विजयी प्रतिशत अंक छ । भारतले अन्तिम खेलमा जित निकाल्दा विश्व टेस्ट च्याम्पियनसिप फाइनल स्थान बनाउने छ भने पराजित भएमा श्रीलंकाले स्थान बनाउने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका