
काठमाडौं । आईसीसी विश्वकप लिग टू क्रिकेटमा नेपालले पपुवा न्यु गिनी(पीएनजी)विरुद्ध जितका लागि १ सय ८० रनको लक्ष्य पाएको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ४९ ओभर २ बलमा अलआउट हुदै १ सय ७९ रन बनायो ।
पीएनजीका लागि टोनी उराले ३९ रनको सर्वाधिक ठूलो ईनिङ खेले । हिरी हिरी २९ रनमा आउट हुँदा किप्लीन डोरीगाले २६ रन बनाए ।गौडी टोकाले १५ रन बनाउँदा नर्मन भानुवाले १४ रन बनाए ।
सेसे बाउ र कप्तान असद भालाले समान ११/११ रन बनाए । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले १० ओभरमा ३० रन खर्चिएर २ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ३९ रन खर्चिएर २ विकेट लिए ।
कुशल मल्लले १० ओभरमा ३१ रन खर्चिएर १ विकेट लिए । करण केसीले ८ ओभरमा ३१ रन खर्चिएर १ विकेट लिए । सन्दीप लामिछाने ९ दशमलब २ ओभरमा ३१ रन खर्चिएर १ विकेट लिए ।