जोडिनुहोस
  • होमपेज
  • वित्तिय संस्थाको सुरक्षा मिलाउन ७७ वटै जिल्ला प्रशासनलाई गृहको परिपत्र

वित्तिय संस्थाको सुरक्षा मिलाउन ७७ वटै जिल्ला प्रशासनलाई गृहको परिपत्र

काठमाडौं । सरकारले देशभरका बैंक तथा वित्तिय संस्थाको सुरक्षामा विशेष प्रबन्ध मिलाउन जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयमातहतका सुरक्षा निकायलाई परिपत्र गरेको छ ।

बैंकिङ कसुर, ठगी, खराब ऋणमा संलग्नले आफूले लिएको कर्जा तिर्नुको साटो उल्टै वित्तीय संस्थालाई धम्क्याएका घटनाहरु बाहिरिएपछि शुक्रबार गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन र नेपाल प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेर आपराधिक गतिविधि रोक्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार बैंक, लघुवित्त, सहकारीलगायत संस्थामाथि निशाना बनाएर आपराधिक गतिविधि हुनसक्नेप्रति सावधान रहन र कसैले कानुन हातमा लिएका कडाइका साथ कारबाही गर्न प्रशासन र प्रहरीलाई निर्देशन दिइएको हो ।

शुक्रबार साँझ सबै जिल्ला प्रशासन र नेपाल प्रहरीलाई यससम्बन्धी विषय समेटेर परिपत्र गरिएको प्रवक्ता बस्नेतले बताएका छन् ।

केही साताअघि व्यवसायी दुर्गा प्रसाईंले झापामा आयोजित सार्वजनिक कार्यक्रममा २० लाख रुपैयाँसम्मको ऋण मिनाह गर्नुपर्ने र त्यसो नगरिए बैंकरवित्तीय संस्थाका सञ्चालकरकर्मचारीलाई कालोमोसो दल्नेसम्म चेतावनी दिएका थिए । उनको विवादास्पद र आपत्तिजनक अभिव्यक्तिपछि कानुन हातमा लिनसक्ने व्यक्ति तथा समूहमाथि प्रहरीले पनि निगरानी थालेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका