जोडिनुहोस
  • होमपेज
  • पाँच घण्टाभन्दा कम सुत्ने मानिसलाई स्वास्थ्य सम्बन्धी धेरै समस्याः अध्ययन

पाँच घण्टाभन्दा कम सुत्ने मानिसलाई स्वास्थ्य सम्बन्धी धेरै समस्याः अध्ययन

रातमा पाँच घण्टा वा कम सुत्ने ५० वर्ष वा माथिका मानिसहरूलाई लामो समयसम्म आराम गर्ने साथीहरूको तुलनामा उमेर बढ्दै जाँदा धेरै पुरानो रोगहरू विकास गर्ने जोखिम बढी हुने एउटा ठूलो नयाँ अध्ययानले देखाएको छ।

अस्वास्थ्यताले निद्रामा बाधा पुर्‍याउन सक्छ तर न्युन निद्रा पनि पूर्वसूचना वा आफैंमा खतरा हुन सक्ने अनुसन्धानकर्ताहरूले जनाएका छन्।

कि निद्राले शरीर र दिमागलाई पुनस्थापना, आराम गर्न मद्दत गर्दछ। पीएलओएस मेडिसिन अध्ययानले बेलायतका निजामती कर्मचारीहरूको स्वास्थ्य र निद्रा ट्र्याक गरेको थियो । करिब ८ हजार सहभागीमध्ये सबैलाई सोधिएको थियोः तपाईं औसत हप्ताको रातमा कति घण्टा सुत्नुहुन्छरु कसै–कसैले नाडी घडी स्लीप ट्याकर पनि लगाएका थिए।

र उनीहरूलाई मधुमेह, क्यान्सर र हृदय रोगसहित पुरानो अवस्थाहरूको लागि जाँच गरियो। अध्ययनअनुसार ५० वर्षको उमेरमा पाँच घण्टा वा कम सुत्नेहरूलाई सात घण्टा सुत्नेहरूको तुलनामा धेरै रोगहरूको जोखिम ३०५ बढी हुन्छ।

५० वर्षमा कम निद्रा पनि अध्ययन अवधिमा मृत्युको उच्च जोखिमसँग सम्बन्धित थियो। यो समस्या विशेषगरी दीर्घकालीन रोगको बढ्दो जोखिमसँग जोडिएको थियो।

युनिभर्सिटी कलेज लन्डन र पेरिस साइट युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले सामान्यतया सात वा आठ घण्टा सुत्न सुझाव दिन्छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका