जोडिनुहोस
  • होमपेज
  • अमेरिकी विदेशमन्त्री ब्लिन्केन क्वाड विदेश मन्त्रीहरूको बैठकमा सहभागी

अमेरिकी विदेशमन्त्री ब्लिन्केन क्वाड विदेश मन्त्रीहरूको बैठकमा सहभागी

नयाँ दिल्ली— अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन शुक्रबार क्वाड विदेश मन्त्रीहरूको बैठकमा भाग लिन ताज प्यालेस आइपुगेका छन्। ‘द क्वाड स्क्वाडः पावर एन्ड पर्पज अफ द पोलिगन’ सम्बन्धी प्यानल छलफल भाग लिन आयोजक स्थल ताज होटल आईपुगेका हुन् ।

विदेशमन्त्री एस जयशंकरको अध्यक्षतामा हुने बैठकमा अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङ र जापानका विदेशमन्त्री योशिमासा हयाशी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको सहभागिता रहनेछ। यो बैठक सेप्टेम्बर २०२२ मा न्यूयोर्कमा भएको अन्तिम बैठकमा भएको छलफल जारी राख्न मन्त्रीहरूको लागि अवसर हुनेछ, प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनीहरूले इन्डो—प्यासिफिक क्षेत्रमा हालैका घटनाक्रमहरू र स्वतन्त्र, खुला र समावेशी इन्डो—प्यासिफिकको आफ्नो दृष्टिकोणबाट निर्देशित पारस्परिक हितका क्षेत्रीय मुद्दाहरूमा विचार आदानप्रदान गर्नेछन्। मन्त्रीहरूले क्वाडले आफ्नो रचनात्मक एजेन्डा र क्षेत्रको समसामयिक प्राथमिकताहरूलाई सम्बोधन गर्ने छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका