जोडिनुहोस
  • होमपेज
  • अमेरिकी विदेशमत्री र अर्जेन्टिनाका विदेशमन्त्रीबीच लोकतन्त्र, मानवअधिकार, खाद्य सुरक्षाबारे छलफल

अमेरिकी विदेशमत्री र अर्जेन्टिनाका विदेशमन्त्रीबीच लोकतन्त्र, मानवअधिकार, खाद्य सुरक्षाबारे छलफल

नयाँ दिल्ली— अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार अर्जेन्टिनाका विदेश मन्त्री स्यान्टियागो काफिरोसँग लोकतन्त्र, मानव अधिकार र खाद्य सुरक्षाको महत्त्वबारे छलफल गरेका छन्।

ब्लिन्केनले ट्वीट गर्दै लोकतन्त्र, मानव अधिकार, खाद्य सुरक्षा र सुरक्षित र समृद्ध गोलार्धको लागि हाम्रो साझा प्रतिबद्धताको महत्त्वको बारेमा छलफल भएको बताएका छन् । दुवै नेताहरूले नयाँ दिल्लीमा चलिरहेको जी–२० सम्मेलनको दौरान विदेश मन्त्रीहरूको बैठकमा भाग लिएका छन्।

ब्लिन्केनले बिहीबार आफ्ना रुसी समकक्षी सर्गेई लाभरोभसँग संक्षिप्त कुराकानी गरेका थिए। एक वर्षअघि रुस र युक्रेनबीचको द्वन्द्व सुरु भएपछि र अमेरिकाको नेतृत्वमा पश्चिमा राष्ट्र र रुसबीच द्वन्द्व सुरु भएयता दुई विदेशमन्त्रीबीचको यो पहिलो आमनेसामने भेट हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका