जोडिनुहोस
  • होमपेज
  • मोदी र मेलोनी भारतमा रक्षा उपकरणको सह–विकास, सह–उत्पादन गर्नमा सहमत

मोदी र मेलोनी भारतमा रक्षा उपकरणको सह–विकास, सह–उत्पादन गर्नमा सहमत

नयाँ दिल्ली–प्रधानमन्त्री नरेन्द्र मोदी र उनको इटालियन समकक्षी जर्जिया मेलोनी बिहीबार भारतमा रक्षा उपकरणको सह–विकास र सह–उत्पादन गर्ने विषयमा सहमत भएका छन् । प्रधानमन्त्री मोदीले बिहीबार इटालियन रक्षा कम्पनीहरूलाई मेक इन इन्डिया पहल अन्तर्गत सक्रिय रूपमा सहभागी हुन आमन्त्रित गरे।

दुई प्रधानमन्त्रीले विगत दुई वर्षमा दुई देशबीचको रक्षा सहयोगको निरन्तर गहिराइलाई स्वागत गर्दै रक्षा सहयोगसम्बन्धी समझदारीपत्र अनुसार यस क्षेत्रमा आपसी संलग्नतालाई थप अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिए।

प्रधानमन्त्री मेलोनीले भारतको पहिलो आधिकारिक भ्रमणमा बिहीबार नरेन्द्र मोदीलाई भेटिन्। उनले दिउँसो राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेट गरेकी थिइन् । दुई नेताबीच सौहार्दपूर्ण वातावरणमा वार्ता भएको र आपसी हितका द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा विचारविमर्श भएको छ । दुवै देशले द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सव मनाइरहँदा प्रधानमन्त्री मेलोनीको भ्रमण महत्वपूर्ण समयमा भइरहेको भारत–इटालीद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ।

दुवै नेताले लोकतन्त्र, स्वतन्त्रता, मानवअधिकार र कानूनको शासनलाई शान्ति, स्थिरता र विकास प्रवर्द्धन गर्ने प्रमुख मूल्यका रूपमा आफ्नो दृढ प्रतिबद्धतालाई जोड दिए। उनीहरूले आगामी वर्षहरूमा भारत र इटालीबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र सुदृढ बनाउने आफ्नो प्रतिबद्धतालाई दोहोराएका छन्।

दुई नेताहरूले बलियो द्विपक्षीय आर्थिक संलग्नता र सम्बन्धित मेक इन इण्डिया र मेड इन इटाली फ्रेमवर्कको रूपरेखा सहित सहयोगलाई अगाडि बढाउने आफ्नो इच्छा व्यक्त गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । । दुवै प्रधानमन्त्रीले विशेषगरी प्रविधि, अन्तरिक्ष, ऊर्जा सुरक्षा र संक्रमण, पूर्वाधार, औषधि, खाद्य प्रशोधन, शिक्षा र अनुसन्धान तथा विकासमा सहकार्यलाई थप सशक्त बनाउनु पर्नेमा जोड दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका