जोडिनुहोस
  • होमपेज
  • सन् २०३० सम्ममा वार्षिक ‘ट्रिलियन अमेरिकी डलर’ बराबरको निर्यात गर्ने भारतकाे लक्ष्य

सन् २०३० सम्ममा वार्षिक ‘ट्रिलियन अमेरिकी डलर’ बराबरको निर्यात गर्ने भारतकाे लक्ष्य

नयाँ दिल्ली— भारतका केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयलले गत वर्षको निर्यातको आंकडा फेब्रुअरीमा नै नाघेको र यस वर्ष व्यापार तथा सेवाको निर्यात ७५० अर्ब अमेरिकी डलर पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले आज नयाँ दिल्लीमा आठौं रायसिना संवादलाई सम्बोधन गरेका गर्दै यस्तो बनेका हुन् । मन्त्रीले भारतले २०३० सम्ममा वार्षिक एक ट्रिलियन डलरका सामान र एक ट्रिलियन डलरको सेवा निर्यात गर्ने लक्ष्य राखेको बताए ।

गत वर्ष भारतले सबैभन्दा बढी निर्यात गरेको भन्ने प्रश्नको जवाफ दिँदै मन्त्रीले यो गहिरो विश्लेषण र बृहत् योजनाको नतिजा भएको बताए । उनले भारतको क्षमताको राम्रोसँग मूल्याङ्कन गरियो, नयाँ बजार खोजियो, र विदेशमा रहेका सबै भारतीय मिसनहरूलाई व्यापार, प्रविधि र पर्यटन प्रवर्द्धन गर्न प्रभावकारी रूपमा प्रयोग गरेकाले यो अवस्था सृजना भएको बताए ।

मन्त्रीले गत वर्ष वस्तु तथा सेवा व्यापार ६५० अर्ब अमेरिकी डलर नाघेको बताए । गोयलले भारतको छिट्टै ५ ट्रिलियन डलरको अर्थतन्त्र छुने र २०२७—२०२८ सम्ममा विश्वको तेस्रो ठूलो अर्थतन्त्रको रूपमा उभिने बताए। ‘सन् २०४७ सम्ममा भारत ३२ ट्रिलियन अमेरिकी डलरको अर्थतन्त्र भएको विकसित अर्थतन्त्र हुनेछ, समृद्ध अर्थतन्त्र जहाँ हरेक अन्तिम नागरिकले राम्रो गुणस्तरीय जीवनमा पहुँच पाउनेछन्’, उनले भने ।

गोयलले स्वच्छ भारत मिशन, ग्रामीण भारतमा करिब ३ करोड ५० लाख घरको विद्युतीकरण, बलियो पावर ग्रिडको निर्माण, सबैका लागि आवास, ५० करोडभन्दा बढी मानिसका लागि निःशुल्क स्वास्थ्य सेवा जस्ता विगत दशकमा सरकारले गरेका परिवर्तनकारी पहलहरू उल्लेख गरे। महामारीबाट उत्पन्न चुनौतिहरू पार गर्न भारतलाई राम्रो स्थानमा राखेको थियो।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीको निर्णायक नेतृत्वको प्रशंसा गर्दै भने कि महामारीको माध्यमबाट पीएम मोदीले महामारीलाई जित्न मात्र नभई यसले खडा भएका चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्न निरन्तर विचारहरू खोजेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका