जोडिनुहोस
  • होमपेज
  • नेविसंघ संस्थापन पक्षबाट कुटिएका नेतालाई भेट्न शेखर कोइराला अस्पतालमा

नेविसंघ संस्थापन पक्षबाट कुटिएका नेतालाई भेट्न शेखर कोइराला अस्पतालमा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा नेविसंघको संस्थापन पक्षबाट कुटिएर घाइते भएका नेता शिव रिमाललाई अस्पतालमा भेटेर कांग्रेस नेता डा।शेखर कोइरालाले घटनाको जानकारी लिएका छन् ।

गत बिहीबार कीर्तिपुरमा नेविसंघका पूर्व कोषाध्यक्ष रिमाल र हरि आचार्यमाथि संस्थापन पक्षले सांघातिक हमला गरेको आरोप पूर्व इकाई सभापति योगेन्द्र रावलले लगाएका छन् ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको निर्देशनमा नेताहरू कुटिएको उनको आरोप छ । घाइते रिमालको बल्खुस्थित स्टार अस्पतालमा उपचार भइरहेको छ ।

डा. शेखर कोइरालासहित नेविसंघका पूर्व अध्यक्ष रन्जित कर्ण र महामन्त्री मनोजमणि आचार्यलगायतका नेताले रिमाललाई भेटेर घटनाका दोषीमाथि कारबाही हुनुपर्ने बताएका छन् ।

यसैबीच नेविंघका अध्यक्ष शेर्पाले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको सत्य तथ्यका लागि छानबिन समिति गठन गर्ने र संगठनभित्रको आन्तरिक एकतालाई मजबुत बनाउन संवाद थाल्ने बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका