जोडिनुहोस
  • होमपेज
  • ‘ए’ डिभिजन लिग : तीन खेल हुँदै

‘ए’ डिभिजन लिग : तीन खेल हुँदै

काठमाडौं । नयाँ सिजनको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज आइतबार तीन खेलहरु हुँदैछ । लिग अन्तर्गत आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेल हुनेछ । एक खेल च्यासल मैदानमा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र संकटाबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । मछिन्द्र र जावलाखेलबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।

च्यासल मैदानमा हुने एक मात्र खेलमा न्युरोड टिम एनआरटी र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । एनआरटी र सातदोबाटोबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

तीन मैदानमा जारी यस सिजनको शीर्ष डिभिजनको लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको छ । लिग यस पटक दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछ ।

यस पटकको लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । फेयर प्ले टोलीले ३ लाख पाउने छन् ।

मोस्ट भ्यालुएबल खेलाडीले ३ लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले २ लाख र इमर्जिङ प्लेयरले १ लाख ५० हजार रुपैयाँ पाउने छन् ।

प्रत्येक खेलको विजेता क्लबले म्याच मनीवापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । बराबरी भएका दुई क्लबबीच रकम बराबर बाँडिनेछ । हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका