जोडिनुहोस
  • होमपेज
  • प्रतिबन्धित लागुऔषधसहित ३ जना पक्राउ

प्रतिबन्धित लागुऔषधसहित ३ जना पक्राउ

झापा । अस्थायी प्रहरी पोस्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले झापाको अर्जुनधारा नगरपालिका- ११ नयाँ बसपार्कस्थित पशुपतिनगर होटलमा डेरा गरी तीन जनालाई प्रतिबन्धित लागुऔसधसहित पक्राउ गरेको छ ।

शिवसताक्षी नगरपालिका- ९ बस्ने २१ वर्षीय प्रेम सागर सावा, मेचीनगर नगरपालिका -१२ बस्ने २० वर्षीय मनिस बराल र मोरङको मिक्लाजुङ गाउँपालिका -४ बस्ने १९वर्षीयतिलु राईलाई प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरिएको हो ।

उनीहरूको साथमा ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ २ ग्राम ५०० मिलिग्राम फेला परेकोले निजहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भइरहेको झापाका जिल्ला प्रहरी प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका