जोडिनुहोस
  • होमपेज
  • काभा महिला च्यालेन्ज कप नेपालमा हुने पक्का

काभा महिला च्यालेन्ज कप नेपालमा हुने पक्का

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप नेपालमा आयोजना हुने पक्का भएको छ ।

नेपाल भलिबल संघले प्रतियोगिता आयोजनाका लागि शनिबार काभासँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र काभाका अध्यक्ष मोहमद लाथिफले सम्झौता पत्रमा हस्ताक्षर गरे। थाईल्याण्डको बैंककमा आयोजित काभाको बैठक दौरान सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

प्रतियोगिता आगामी जेठ ६ देखि १५ गतेसम्म आयोजना हुनेछ । प्रतियोगितामा नेपालसहित ८ देशले सहभागिता जनाउने छन् ।

प्रतियोगिताका लागि नेपालले महिला टिमको बन्द प्रशिक्षण सुरु गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका