जोडिनुहोस
  • होमपेज
  • प्रचण्डलाई प्रधानमन्त्री बनायौँ तर कांग्रेसलाई राष्ट्रपति बनाउन पतनतिर जानुभयो : शंकर पोखरेल

प्रचण्डलाई प्रधानमन्त्री बनायौँ तर कांग्रेसलाई राष्ट्रपति बनाउन पतनतिर जानुभयो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनलाई जनताले अस्वीकार गरेपछि मुलुक बचाउन आफूहरूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बनाउन बाध्य भएको बताएका छन्।

२४ औँ यदु स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘जनादेशले एमालेले नेतृत्व दाबी गर्ने प्रकृतिको छैन भनेका थियौँ। तर, पाँच दलीय गठबन्धन पनि असफल भइसकेपछि त्यसबाट मुलुकलाई जोगाउन आवश्यक छ भनेर नै हामीले माओवादी केन्द्रसँग एकता र सहकार्यको पहल गर्‍यौँ र प्रचण्डलाई प्रधानमन्त्री बनायौँ। देशमा आर्थिक संकट बढेको बेलामा नयाँ सरकार बनेपछि केही आसाको सञ्चार पनि भयो।’

अहिले प्रचण्ड जसकाविरुद्ध जनयुद्ध गरेर हिँडेको थियो उसैलाई राष्ट्रपति बनाउन गठबन्धन भत्काएर हिँडेको टिप्पणी गरे। उनले अहिले देश र जनताको पक्षमा उभिँदा एमालेमाथि चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको उनको भनाइ छ।

माओवादीले आन्दोलनको एजेन्डा बिर्सेर स्वार्थ केन्द्रित भएर गन्तव्य बिर्सेर कांग्रेसको राष्ट्रपति बनाउनेतिर गएको टिप्पणी गरे। उनले भने, ‘माओवादी पतनमुखी यात्राको बाटोमा अगाडि बढेको छ। गलत बाटोको अवसान बलिदानको सफलता हो भन्ने लाग्छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका