जोडिनुहोस
  • होमपेज
  • बहिनीमाथि यौन हिंसा गर्ने दिदी पक्राउ, भिडियो बनाएर पुरुष साथीलाई पठाएको खुलासा

बहिनीमाथि यौन हिंसा गर्ने दिदी पक्राउ, भिडियो बनाएर पुरुष साथीलाई पठाएको खुलासा

भक्तपुर । आफ्नै नाबालिग बहिनीमाथि यौन हिंसा गरेको आरोपमा दिदी पक्राउ परेकी छन् । बहिनीसँग यौनजन्य गतिविधि गर्दै त्यसको भिडियोसमेत बनाएर पुरुष साथीलाई पठाएको आरोपमा महिलालाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसर सूचना अधिकारी कुमारप्रसाद मैनालीले जानकारी दिए ।

उनका अनुसार बहिनीसँग यौनजन्य गतिविधि गरेर सोको भिडियो बनाएर आफ्नो पुरुष साथीलाई जिमेलमार्फत पठाएको खुल्न आएको छ । पक्राउ परेकी महिलामाथि थप अनुसन्धान गरिरहेको उनले बताए ।

यसअघि गत जेठ ६ गते इन्टरपोल क्राइम एगेष्ट चाइल्ड युनिटबाट बालिकालाई यौन दुरुपयोग गरेकोसम्बन्धी सूचना नेपाल प्रहरीको इन्टरपोल शाखाको प्राप्त भएको थियो ।

प्रहरी प्रधान कार्यालय साइवर ब्युरोबाट प्रारम्भिक अनुसन्धान भई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी परिसमा गत २० पुसमा प्राप्त भई अनुसन्धान थालेको परिसरले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका