जोडिनुहोस
  • होमपेज
  • मैले धेरै चर्को बोल्दा फाइदा हुँदैन : प्रचण्ड

मैले धेरै चर्को बोल्दा फाइदा हुँदैन : प्रचण्ड

काठमाडौैँ । प्रधानमन्त्री प्रचण्डले आफूले चर्को बोल्दा धेरै फाइदा नहुने बताएका छन् । आफू प्रधानमन्त्री भएकाले बोल्ने भन्दा गरेर देखाउने पक्षमा रहेको बताए । जनयुद्धका सहिद तथा वेपत्ता सन्तती फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले जनयुद्धका सहिद र वेपत्ताको पक्षका कामगरी रहेको बताए ।

‘मैले धेरै चर्को भन्न हुँदैन । मैले चर्को बोल्दा धेरै फाइदा हुँदैन । तपाईहरुले भन्दा हुन्छ’ प्रचण्डले भने, ‘म प्रधानमन्त्री भएको हुँदा भन्ने भन्दा पनि गर्ने विचार छ । यो पटक गरेर देखाउन विचार छ । मैलेगरी राखेको छु भन्ने बुझ्नुहोला ।’ जनयुद्धका सहिद र वेपत्ताको सपना साकार पार्न लडि रहेको प्रचण्डले बताए ।

‘म लडिराखेको छु । मैले गरिराखेको छु गर्छु । अहिले सिंहदरबार जाने पनि यहीँ विषयमा केही नयाँ निर्णय गर्न जाने हो । राष्ट्रपति भवन जाने केही नयाँ गर्न जाने हो’ उनले भने, तँपाई र हाम्रो लडाई एउटै छ । लडाईमा विभिन्न देखिए पनि सारमा एउटै छ ।’ सबै माओवादी एक ठाउँमा आउनुपर्यो भनिए पनि धेरै ठुलो विषय भएको प्रचण्डले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका