जोडिनुहोस
  • होमपेज
  • यातायात कार्यालयको सर्भर डाउन, स्मार्ट कार्ड वितरण बाहेक सबै सेवा अवरुद्ध

यातायात कार्यालयको सर्भर डाउन, स्मार्ट कार्ड वितरण बाहेक सबै सेवा अवरुद्ध

काठमाडौँ । एकान्तकुनास्थित यातायात कार्यालयको सर्भर डाउन भएको छ । आइतबार बिहानदेखि कार्यालयको सर्भर डाउन हुँदा सबैजसो सेवा अनिश्चितकालका लागि बन्द भएको छ । कार्यालयले एक सूचना जारी गर्दै सेवा अवरुद्ध बनेको जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘आज बिहान कार्यालय समयदेखि नै सर्भरमा प्राविधिक समस्या आउँदा स्मार्ट कार्ड वितरण बाहेक सबै सेवा अवरुद्ध बनेको छ ।’ कार्यालयका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा अवरुद्ध बनेको हो ।

सर्भर डाउन भएसँगै आज आइतबार बायोमेट्रिक परेका सेवाग्राहीको बायोमेट्रिक समेत रोकिएको छ । अब २५ गतेका लागि नयाँ बायोमेट्रिक मिति तोकिएको कार्यालयले जनाएको छ ।

image

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका