जोडिनुहोस
  • होमपेज
  • हिरुकेको सानदार बलिङमा पीएनजीलाई ९८ रनको लक्ष्य

हिरुकेको सानदार बलिङमा पीएनजीलाई ९८ रनको लक्ष्य

काठमाडौं । पपुवा न्यु गिनी(पीएनजी)का बलर राइली हिरुकेको सानदार बलिङमा पीएनजीले ९८ रनको लक्ष्य पाएको छ। आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पीएनजीले घरेलु टोली यूएईलाई ९८ रनको लक्ष्य दिएको हो।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २६ ओभर २ बलमा अलआउट हुँदै ९७ रन मात्र बनायो । यूएईका लागि वृत्य अरबिन्दले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद वासिमले १९ रन बनाए ।

आसिफ खानले ११ तथा कप्तान सीपी रिजवानले १० रन बनाए । यूएईका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यूएईका चार खेलाडी शुन्य रनमा आउट भए ।

पीएनजीका लागि राइलि हिरुकेले ५ तथा चाड सोपारले ३ विकेट लिए । युएई ३० खेलमा १४ मा जित र १३ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ ।

पीएनजीको ३१ खेलमा ३ मा जित र २७ मा हारसहित ७ अंकका साथ पुछारमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका