जोडिनुहोस
  • होमपेज
  • यूएईमाथी पीएनजीको सानदार जित

खेलकुद

यूएईमाथी पीएनजीको सानदार जित

  • Sagarmatha TV
  • आइतवार, फाल्गुन २१, २०७९
यूएईमाथी पीएनजीको सानदार जित

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पपुवा न्यु गिनी(पीएनजी)ले घरेलु टोली यूएईलाई पराजित गरेको छ । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा पीएनजीले यूएईलाई ५ विकेटले पराजित गरेको हो ।

यूएईले दिएको ९८ रनको लक्ष्य पीएनजीले २६ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । पीएनजीको जितमा टोनी उराले ६३ बलमा ३५ रन बनाए । सेसे बाउले १८ रन बनाउँदा हिरि हिरि १४ रनमा आउट भए।

यूएईका लागि रोहन मुस्ताफाले २ तथा जाहोर खान,आयान खान र जुनेद सिद्धिकीले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको यूएईले २६ ओभर २ बलमा अलआउट हुँदै ९७ रन मात्र बनायो ।

यूएईका लागि वृत्य अरबिन्दले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद वासिमले १९ रन बनाए । आसिफ खानले ११ तथा कप्तान सीपी रिजवानले १० रन बनाए । यूएईका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यूएईका चार खेलाडी शुन्य रनमा आउट भए । पीएनजीका लागि राइलि हिरुकेले ५ तथा चाड सोपारले ३ विकेट लिए । जितसँगै पीएनजीको ३२ खेलमा ४ मा जित र २८ मा हारसहित ९ अंकका साथ पुछारमा रहेको छ ।

यूएईको ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंक रहेको छ । यूएई अंक तालिकाको पाँचौं स्थानमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका