जोडिनुहोस
  • होमपेज
  • यस बर्षको सेछ पर्यटन पत्रकारिता पुरस्कार सुनसरीका पत्रकार हिमाल दाहाललाई

यस बर्षको सेछ पर्यटन पत्रकारिता पुरस्कार सुनसरीका पत्रकार हिमाल दाहाललाई

यस बर्षको ‘सेछ पर्यटन पत्रकारिता पुरस्कार २०७९’बाट पत्रकार हिमाल दाहाल पुरस्कृत भएका छन् ।

सेछ ट्राभलिङ धरानले सुनसरीका पत्रकार दाहाललाई पर्यटन क्षेत्रको विकासका लागि पत्रकारितामार्फत गरेको योगदानको कदर गर्दै १० हजार रुपैयाँसहित पुरस्कृत गरेको हो । पत्रकार दाहाललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुधन किराँती र सेछका सञ्चालक वासुदेव बराल र सेछ ट्राभलिङकी प्रोप्राइटर एलिना थापामगरले दोसल्ला तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

पत्रकार दाहाल सुनसरीलाई कर्मथलो बनाएर लामो समयदेखि पत्रकारिता गर्दै आएका छन् । पुरस्कृत भएपछि दाहालले पर्यटन र पत्रकारिता एक अर्काका अभिन्न अंग भएकाले दुवैलाई जोड्ने गरी पर्यटनको विकासका निम्ती थप रचनात्मक र काम गर्ने ऊर्जा प्रदान गरेको बताएका छन् ।

हरेक वर्ष एकजना पत्रकारलाई ‘सेछ पर्यटन पत्रकारिता पुरस्कार २०७९’ प्रदान गरिदै आएको छ । सेछले पर्यटन क्षेत्रको विकासमा विभिन्न किसिमका रचनात्मक कार्यहरु गरिरहेको छ । पुराना वस्तुहरूको संग्रहालय बनाउने, भारतसम्म पुगेर नेपाली पर्यटकीय स्थलको प्रचार प्रसार गर्ने काम गरिरहेको छ । सेछले सेछ ट्राभलिङ, होटल सेछसमेत सञ्चालन गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका