जोडिनुहोस
  • होमपेज
  • अमेरिकाले मणिपुरको पर्यटन क्षेत्रमा ५० करोड अमेरिकी डलर लगानी गर्दै

अमेरिकाले मणिपुरको पर्यटन क्षेत्रमा ५० करोड अमेरिकी डलर लगानी गर्दै

इम्फाल– संयुक्त राज्य अमेरिकाले मणिपुरमा ५० करोड अमेरिकी डलर लगानी गर्न सहमत भएको छ । अमेरिकाले उक्त क्षेत्रमा लगानी गर्ने मणिपुरका मुख्यमन्त्री एन वीरेन सिंहले बताएका छन् । अमेरिकाको एउटा कम्पनीले पर्यटन क्षेत्रमा ५० करोड अमेरिकी डलर लगानी गर्ने औपचारिक आश्वासन दिएको मुख्यमन्त्री एन वीरेनले इम्फालको इबुधौ मार्जिङ पोलो कम्प्लेक्समा पत्रकारहरुलाई जानकारी दिएका छन् ।

मुख्यमन्त्री र अमेरिकी प्रतिनिधिहरूबीच भएको पछिल्लो वार्तामा यस्तो आश्वासन दिइएको मुख्यमन्त्रीले पत्रकारलाई बताएका छन् । त्यसैगरी अर्जेन्टिना र पेरुका प्रतिनिधिले पनि प्रदेशबाट महिला स्वास्थ्यकर्मी पठाउन मणिपुर सरकारसँग सहयोग मागेका छन् ।

मुख्यमन्त्रीले मणिपुरका केही महिला नर्सहरू पनि हाल जापानमा सम्झौताअनुसार काम गरिरहेको बताए । मुख्यमन्त्री एन वीरेनले अर्जेन्टिनाका प्रतिनिधिहरुले मणिपुर भारतको फुटबलमा पावरहाउस भएको भन्दै खुसी व्यक्त गरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका