जोडिनुहोस
  • होमपेज
  • स्पेनिस ला लिगा : बार्सिलोनाको जित

अन्तर्राष्ट्रिय

स्पेनिस ला लिगा : बार्सिलोनाको जित

  • Sagarmatha TV
  • सोमवार, फाल्गुन २२, २०७९
स्पेनिस ला लिगा : बार्सिलोनाको जित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले जित निकालेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई १-० गोल अन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा राफिन्हाले निर्णायक गोल गरे । राफिन्हाले खेलको १५ औं मिनेटमा गोल गरेका थिए ।

यस्तै खेलको ५५ औं मिनेटमा फेरान टोरेसले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार पोस्टमा लागेर बाहिरिएको थियो।

त्यस्तै ५९ औं मिनेटमा रोनाल्ड अरुजोले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।

यस जितसँगै बार्सिलोनाले २४ खेलमा ६२ अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानमा यथावत रहेको छ । भ्यालेन्सिया २३ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका