जोडिनुहोस

खेलकुद

बराबरीमा रोकियो रियल

  • Sagarmatha TV
  • सोमवार, फाल्गुन २२, २०७९
बराबरीमा रोकियो रियल

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।आइतबार राति भएको खेलमा रियलले रियल बेटिससँग गोलरहित बराबरी खेलेको हो ।

बेटिसको मैदानमा पाएको अवसरलाई गोल गर्न नसक्दा रियल रोकिएको हो ।खेलको १२ औं मिनेटमा करिम बेन्जिमाले गोल गरेपनि भीएआरले उनको गोललाई मान्यता दिएन ।

यस बराबरीसँगै रियलले २४ खेलमा ५३ अंक जोडेको छ । रियल दोस्रो स्थानमा रहेको छ ।

बेटिस ४१ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । अर्को खेलमा एथ्लेटिक बिल्बाओले रायोभालेकानोसँग गोलरहित बराबरी खेलेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका