जोडिनुहोस
  • होमपेज
  • रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी

रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी

काठमाडौं । बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा भीषण आगलागी भएको छ । आइतबार कोक्स बजारमा रहेको ११ नम्बर शरणार्थी शिविरबाट सुरु भएको आगलागीबाट करिब २ हजार घर टहरा जलेर नष्ट भएका हुन् । आगलागीबाट हजारौं शरणार्थी बासविहीन बनेका छन् ।

जलेर नष्ट भएका प्रत्येक टहरामा ४/५ जनाका परिवार बस्दै आएका थिए । आगलागीबाट ३५ वटा अस्थायी मस्जिद र १२ वटा प्रारम्भिक सिकाई केन्द्रहरु पनि जलेर नष्ट भएको जनाइएको छ । आगो नियन्त्रण गर्न घण्टौं लागेको थियो । सन् २०१७ मा म्यानमारमा भएको सैनिक कारबाहीपछि भागेका लाखौं मुस्लिमहरु बंगलादेशमा शरण लिइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका