जोडिनुहोस
  • होमपेज
  • सोमबार मध्य रातिबाट राष्ट्रपति चुनावको प्रचारप्रसार निषेध

सोमबार मध्य रातिबाट राष्ट्रपति चुनावको प्रचारप्रसार निषेध

काठमाडौं– आजबाट राष्ट्रपतिको निर्वाचन प्रचार प्रसार गर्न नपाइने भएको छ ।

निर्वाचन आयोगले लागू गरेको राष्ट्रपति चुनावको आचार संहितका कारण आज राती १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्मका लागि प्रचारप्रसारमा रोक लगाइएको हो ।

निर्वाचन आयोगले सोमबार विज्ञप्ति नै प्रकाशन गरेर राष्ट्रपति निर्वाचनको लागि प्रचारप्रसार निषेध गरेको बताएको हो ।

‘मुलुकको सर्वोच्च र गरिमामय पद राष्ट्रपतिको निर्वाचनमा निर्वाचन कानून र आचारसंहिताको पालना गराई निर्वाचनको स्वच्छता र मर्यादा कायम गर्न आयोग सम्बन्धित सबैलाई हार्दिक आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

निर्वाचन आयोगकाअनुसार, यस अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइदैन् ।

उम्मेदवाको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्नसमेत नपाइने आयोगको विज्ञप्तिमा उल्लेख छ ।

आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जीतरहारको पूर्वानुमानका सामग्रीहरु प्रसारजस्ता कार्य गर्न नहुने भएको हुँदा यस्ता आचरणहरु पालना गर्नरगराउन आयोगले भनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका