जोडिनुहोस
  • होमपेज
  • सन् २०२३ मा अमेरिकामा सामूहिक गोलिकाण्डका घटना १ सय नाघ्यो

सन् २०२३ मा अमेरिकामा सामूहिक गोलिकाण्डका घटना १ सय नाघ्यो

वासिङ्टन । अमेरिकामा सन् २०२३ मा सामूहिक गोलिकाण्डका घटनाहरूको सङ्ख्या १ सय नाघेको छ । ‘गन भायोलेन्स आर्काइभ’ को तथ्यांकअनुसार मार्चको पहिलो हप्तामा यो कोशेढुंगा पार भएको हो । हालसम्म यस्ता १०४ वटा घटनाहरू भइसकेका छन् ।

कुनै पनि घटनामा आक्रमणकारीबाहेक कम्तीमा चार जनालाई गोली प्रहार भएको छ भने त्यसलाई ‘सामूहिक गोलिकाण्ड’ का रूपमा व्याख्या गरिन्छ । गत वर्ष पनि अमेरिकामा मार्च महिनामा नै १ सयवटा सामूहिक गोलिकाण्डका घटना पूरा भएको थियो । गत वर्ष मार्च १९ मा सो कोशेढुंगा भेटिएकोमा यो वर्ष दुई हप्ता अघि नै कोशेढुंगा पार भएको छ । सन् २०१८ देखि २०२० सम्म मे मे महिनासम्म १ सयवटा सामूहिक गोलिकाण्डका घटनाहरू पुगेका थिएनन् ।

स्वीटजरल्याण्डको ‘स्मल आर्मस् सर्भे’ का अनुसार अमेरिकामा प्रत्येक १ सय अमेरिकी नागरिक बराबर १२० वटा बन्दुक रहेको छ । विश्वका अन्य कुनै राष्ट्रमा मानिसको सङ्ख्याभन्दा बढी बन्दुकको सङ्ख्या रहेको छैन । ४४ प्रतिशत वयस्कको घरमा बन्दुक रहेको तथा एक तिहाइसँग कम्तीमा एउटा बन्दुक रहेको सन् २०२० को ग्यालप सर्भेले देखाएको थियो ।

विकसित राष्ट्रहरूमध्ये अमेरिकामा बन्दुकसम्बन्धी हिंसाबाट सबैभन्दा धेरैले ज्यान गुमाउने गरेका छन् । क्यानडाभन्दा अमेरिकामा यो सङ्ख्या ८ गुणा बढी रहेको छ भने युरोपियन युनियनभन्दा २२ गुणा र अस्ट्रेलियाभन्दा २३ गुणा बढी रहेको इन्स्टिच्युट अफ हेल्थ मेटरिक्स एन्ड इभालुएसनको सन् २०१९ को तथ्याङ्कले देखाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका