जोडिनुहोस
  • होमपेज
  • बर्ड फ्लुबाट पेरुमा हजारौँ ‘सी लायन’को मृत्यु

अन्तर्राष्ट्रिय

बर्ड फ्लुबाट पेरुमा हजारौँ ‘सी लायन’को मृत्यु

  • Sagarmatha TV
  • मङ्लबार, फाल्गुन २३, २०७९
बर्ड फ्लुबाट पेरुमा हजारौँ ‘सी लायन’को मृत्यु

पेरु । पेरुमा बर्ड फ्लुको सङ्क्रमणबाट हजारौँ समुद्री सिंह (सी लायन) को मृत्यु भएको त्यहाँको नेसनल सर्भिस अफ प्रोटेक्टेड एरियाज बाई स्टेटले जनाएको छ । एचफाइभएनवान् (H5N1) भनेर चिनिने एभियन फ्लु देशका विभिन्न जनावरहरूमा फैलिएको छ ।

सन् २०२२ को नोभेम्बरमा पहिलोपटक देशमा बर्ड फ्लु रिपोर्ट गरिएको थियो । संस्थाले हालसम्म भाइरसका कारण कम्तीमा ६३ हजार चराहरू मरिसकेको र अन्य जनावरहरू पनि मर्ने क्रम बढेको जनाएको छ । हालसम्म ३ हजार ४८७ वटा सी लायन मृत फेला परिसकेको छ । संस्थाका अनुसार यो पेरुको कूल सी लायनको जनसङ्ख्याको ३ प्रतिशत हो । ५ वटा फर सीलको पनि यसबाट मृत्यु भइसकेको बताइएको छ ।

पेरुका अधिकारीहरूले जंगली जनावरहरूसँगको सम्पर्क नबढाउन आग्रह गरेका छन् । पेरुका साथै अमेरिकामा बर्ड फ्लु फैलिएको छ । सन् २०२२ यता वैज्ञानिकहरूले १ सयभन्दा बढी चराचुरुङ्गीमा बर्ड फ्लु फैलिएको पत्ता लगाइसकेका छन् । त्यसबाहेक भालु, स्याल, डल्फिनमा पनि यो फेला परेको छ ।

केही मानिसहरूमा पनि यो फैलिएको पाइएको छ । गत महिना मात्र विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधानोम घेब्रेसियसले हालसम्म यो मानिसमा फैलिने सम्भावना कम रहे पनि ‘यही अवस्था लामो समयसम्म नरहन सक्ने’ चेतावनी दिएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका