जोडिनुहोस
  • होमपेज
  • लोकदोहोरी गायक राजेन्द्र लम्सालको निधन

लोकदोहोरी गायक राजेन्द्र लम्सालको निधन

काठमाडौँ । लोकदोहोरी गायक राजेन्द्र लम्साल क्षेत्रीको निधन भएको छ । लोकदोहोरीका सर्जक समेत रहेका लम्सालको सोमबार राति निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष रमेश विजीले जानकारी दिए ।

लामो समयदेखि स्पेनमा बस्दै आएका राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापकसमेत रहेका लम्साल ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ युरोप शाखाका संस्थापक संरक्षक पनि हुन् ।

लम्सालका ‘ज्याग्दी खोला किनारै बसेर’, ‘जापान टोकियो’ जस्ता धेरै गीतहरू चर्चित छन् । गायक लम्सालको निधनप्रति बिभिन्न गायक तथा गायिकाहरुले दुःख व्यक्त गरिरेहका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका