जोडिनुहोस
  • होमपेज
  • प्रचण्डविरुद्धको मुद्दा राष्ट्रपति चुनावअगाडिको छद्म लडाइँ : मेटमणि चौधरी

प्रचण्डविरुद्धको मुद्दा राष्ट्रपति चुनावअगाडिको छद्म लडाइँ : मेटमणि चौधरी

काठमाडौं। नेकपा एकीकतृ समाजवादीका नेता एवम सांसद मेटमणि चौधरीले प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दा राष्ट्रपति चुनावअघिको छद्म लडाइँ भएको टिप्पणी गरेका छन् ।

राष्ट्रसंघको रोहवरमा तत्कालीन नेपाल सरकार र विद्रोहीबीच युद्धकालीन मुद्दा प्रक्रिया मिलाएर टुंग्याउने सहमति भएको भन्दै सर्वोच्चमा अहिले मुद्दा हाल्नु भ्रम मात्रै भएको उनको भनाइ छ।

‘कमरेड प्रचण्डविरुद्ध सर्वोच्चमा दायर रिट र हुन सक्ने सम्भावनो बिषय केवल भ्रमित कुरा मात्रै हो,’ उनले फेसबुकमा लेखेका छन्, ‘तत्कालीन समयमा संयुक्त राष्ट्र संघको रोहबरमा नेपाल सरकार र विद्रोही पक्षकोबीचमा प्रक्रिया मिलाएर टुङ्गोमा पुगेको बिषय हो । हो केही काम बाँकी छ।’

बाँकी काम पनि प्रक्रिया मिलाएर टुंगोमा पुयार्‍याउने भन्दै चौधरीले कोही पनि खुसी नहुन आवश्यक नरहेको उल्लेख गरेका छन्। ‘कस‌ैले पनि अनावश्यक यो र त्यो होला भनेर त्रसित नबनौ र खुसी पनि हुनु जरूरी छैन,’ उनको भनाई छ, ‘यो फगत भ्रम हो । प्रक्रियाले यो टुंगिन्छ । राष्ट्रपति चुनाव अगाडि गरिएको प्रोक्सि (छद्म) लडाइँ हो।’

सर्वोच्चको आदेशपछि प्रचण्डलाई पक्राउ गर्नुपर्ने माग गरिएको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका