जोडिनुहोस
  • होमपेज
  • रापप्रा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

रापप्रा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

राष्ट्रपति निर्वाचनका बारेमा कस्लाई मत दिने भन्नेलगायतका बिषयमा निणर्य गर्नका लागि बैठक बोलाईको हो । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बस्नेछ ।

‘राष्ट्रपतिको निर्वाचनका बारेमा पनि बैठकमा छलफल हुनेछ,’ प्रवक्ता मोहन श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार बैठकमा समसमायिक राजनीतिक बिषयमा पनि छलफल भएर निष्कर्षमा पुग्नेछ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारवाट बाहिरिएको राप्रपाले सोही गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललगायतसँग गठबन्धनमा आवद्ध नेताहरूसँग यसअघि नै छलफल गरिसकेको छ ।

आफनो पार्टीसँग मत माग्न आउनुभएका पौडेललगायतका गठबन्धनमा आबद्ध राजनीतिक दलसँग सोमबार साँझ छलफल गरेको राप्रपाले आज नै निर्णय लिएर फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका बारेमा पार्टीको धारणा सार्वजनिक गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका