जोडिनुहोस
  • होमपेज
  • ए डिभिजन लिगमा आज तीन खेल हुँदै

ए डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार तीन खेलहरु हुँदैछन् । दोस्रो चरणको लिग अन्तर्गत बुधबार तीन खेल हुनेछ । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब भिड्ने छन् । पुलिस र हिमालयनबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।

पुलिस पहिलो जितको खोजीमा हुनेछ । यता हिमालयन शेर्पा पनि पहिलो जितको योजनामा रहेको छ । दुबै टोलीले पहिलो खेलमा हार ब्यहोरेका थिए ।

दशरथ रंगशाला मै हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ र संकटाबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ । पहिलो जितको खोजीमा रहेका दुबै टोलीले पहिलो खेल बराबरी खेलेका थिए ।

च्यासल मैदानमा हुने खेलमा एपीएफ क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल दिउँसो २स्३० बजे सुरु हुनेछ ।
एपीएफ लगातार दोस्रो जितको खोजीमा रहेको छ । लिग डबल राउण्ड रोबिनको आधारमा भईरहेको लिगमा विजेताले ७५ लाख पुरस्कार पाउने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका