जोडिनुहोस
  • होमपेज
  • एकैदिन प्रतितोला १ हजार रुपैयाँले घट्यो सुनको मूल्य

एकैदिन प्रतितोला १ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । बुधबार एकैदिन सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य घटेर तोलामा १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको जनाएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत ह्वात्तै घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँ घटेको जानकारी दिएको छ । यससँगै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २२५ रुपैयाँ कायम छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका