जोडिनुहोस
  • होमपेज
  • आगलागीमा परेर रौतहटमा बालिकाको मृत्यु, तीन घर जलेर नष्ट

आगलागीमा परेर रौतहटमा बालिकाको मृत्यु, तीन घर जलेर नष्ट

रौतहट । रौतहटको राजदेवी नगरपालिका स्थित आगलागीमा पारेर ६ महिने बालिकाको ज्यान गएको छ । तीन वटा घर गोठ जलेर नष्ट भएको छ।

मंगलबार साँझ राजदेवी नगरपालिका ४ वसन्तपुर (गडहिया)का भिखर राउतको खरको छाना भएको घर मा आगलागी भएको थियो। अचानक भएको आगलागीबाट घरमा सुतिरहेकी भिखर राउतको ६ महिनाकी छोरी सिल्फी राउतको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। राउतको घरबाट सल्किएको आगोले छिमेकीद्वय रामकिसुन साह र सुजय साहको घर जलेर नष्ट भएको थियो।

आगलागीबाट राउतको घर तथा अन्न लताकपडा गरी ७५ हजार तथा छिमेकीहरूको ५०-५० हजार गरी कुल एक लाख ७५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन। घटना लगतै गौर नगरपालिकाबाट गएको वरुण यन्त्र, गाउँले तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका