जोडिनुहोस
  • होमपेज
  • हरेक आन्दोलनमा महिलाहरुको निर्णायक सहभागिता : अध्यक्ष नेपाल

हरेक आन्दोलनमा महिलाहरुको निर्णायक सहभागिता : अध्यक्ष नेपाल

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेकपा (एकीकृत) समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनहरुमा महिलाहरुको निर्णायक सहभागिता रहेको बताएका छन् । १ सय १३ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शुभकामना दिँदै अध्यक्ष नेपालले मुलुकको राजनीतिक परिवर्तनका हरेक आन्दोनहरुमा महिलाहरुको निर्णायक सहभागिता र नेतृत्व रहि आएको बताउँदै महिला सहभागिता र प्रतिनिधत्व सुनिश्चित गर्न संविधान र कानुनमार्फत आधारभूत व्यवस्थाहरु गरी त्यसलाई अभ्यासमा ल्याइएको बताए ।

विज्ञप्तिमा उनले भनेका छन् ‘फलतः मुलुकका तीनै तहका सरकार, संसद र नीति निर्माण तहमा महिलाको प्रतिनिधित्व वृद्धि हुनका साथै महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।’ अध्यक्ष नेपालले पछिला दिन विभिन्न रुपमा महिलाहरु आर्थिक, सामाजिक शोषण र भेदभावपूर्ण व्यवहारको सिकार भैरहेका बताउँदै विभिन्न कुरितीहरुलाई हटाएर सम्मानवूर्ण संस्कृतिको विकास गरी समान अधिकार स्थापित गर्न महिला दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

madhav

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका